काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि ले ‘‘पुरानो छोडौं नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।

यहि ६ मे देखि ९ मे सम्म पोखरा र ८ मे देखि ११ मे सम्म भैरहवामा आयोजना हुने यस मेगा अफरमा अटो मोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एडभान्स अटोमोबाईल प्रा.लि.ले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागीफ्रि सर्भिसिङ्ग,निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजीफाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ ।

ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमाआकर्षक उपहारहरुजित्न सक्नेछन् । रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्दप्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

सम्बन्धित खबरहरु