काठमाडौं । आज अचानक मध्यरातिमा दमकमा ग्यास सिलिन्डर बिष्फोट भएको छ । झापाको दमक ४ मा रहेको एक चमेना गृहमा आगलागी भएको हो । आज अबेर राति करिब ९ बजेतिर आगो लागेको स्थानीय राजु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलामी भएको झण्डै २० मिनेट पछि दमकल आएर आगोलाई नियन्त्रणमा लिएको छ । दमकमा रहेको बत्स चमेना गृहमा आगलागी भएको हो । मानविय क्षति नभएको भए पनि अन्य क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पूर्ण जानकारी आएको छैन ।

 

सम्बन्धित खबरहरु