काठमाडौं । केही दिन पहिले रुसको मस्कोको सेरेमेटयेभो एयरपोर्टमा भएको विमान दुर्घटनाका क्रममा ४१ जनाले ज्यान गुमाउनु परेको थियो । ७८ जना यात्रु लिएर उडेको विमानमा अचानक आगो लागेपछि ४१ जनाले ज्यान गुमाउनु परेको थियो ।

यो बिचमा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी छन् । अन्तराष्ट्रिय समाचार अनुसार आगो लागेपछि आपतकालिन अवतरणका क्रममा विमान आधा जलिसकेको थियो ।

विमानको पछिल्लो भागमा आगो लागेपछि धुवाँको मुस्लो छुटिसकेको थियो । यो अवस्थामा यात्रुको अवस्था कस्तो भयो होला ? अनुमान मात्रै गर्न सकिन्छ ।

आगोको मुस्लोसहित जब विमान आपतकालिन अवतरणपछि एयरपोर्टमा रोकियो तब एयरहोस्टेस तात्याना कसाटकिनाले धैर्य नगुमाइ सहास देखाइन् ।

उनले विमान जलेपछि आत्तिएका यात्रुको कठालोमा समात्दै धक्का दिएर बाहिर पठाइन् । उनले भनिन, ‘जब विमान रोकियो तब मैले लात्तीले हानेर ढोका खोलेँ ।

त्यसपछि मैले ती यात्रुलाई धक्का दिएर बाहिर निकाले जो आफ्ना झोला र अन्य सामानका कारण इमरजेन्सी स्लाइड भन्दा पहिले बाहिर निस्कन सकेका थिएनन् ।’

३४ वर्षाय तात्यानाले अगाडी भनिन्, ‘मैले पछाडिबाट यात्रुको कठालो समातेर धक्का दिन सुरु गरेँ । विमानको पछिल्लो भाग धेरै जलिसकेकाले हामी चाँडो भन्दा चाँडो विमान खाली गर्न खोजिहेका थियौँ ।

आगो तीब्र गतिमा अगाडि रहेका हामीतर्फ बढिरहेको थियो ।’ यस दुर्घटनामा बचेका यात्रीले तात्यानाको खुलेर प्रशंसा गरेका छन् । अहिले उनको विश्वभर चर्चा भइरहेको छ ।

उनीहरुका अनुसार केही यात्रुले आफ्नो लगेजका लागि आपतकालिन बाटो रोकेका थिए । एयरहोस्टेसले सही समयमा तत्काल निर्णय लिएर ज्यान बचाएको यात्रुहरुको भनाइ छ । एजेन्सी

सम्बन्धित खबरहरु