काठमाडौ । लोकसेवा तयारी गरेर बसिरहेका लाखौं युवाहरुका लागि खुसीको खबर छ । कर्मचारी समायोजनको बहानामा पटक पटक सारिदै आएको लोकसेवाको विज्ञापन अब भने खुल्ने पक्का भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहबाट रिक्त कर्मचारीहरुको विवरण संकलन गरी आज वा भोलीमै लोकसेवा आयोगमा पठाउने तयारी थालेको छ । मन्त्रालयले गत ८ वैशाखमा देशैभरका ७५३ स्थानीय तहलाई रिक्त विवरण पठाउन भनेको थियो ।

२० वैशाखसम्म्को समयसीमा दिइएकोमा दैशभरका चार सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी पदपूर्तिका लागि विवरण पठाएका छन् ।बाँकी तहलाई समेत पुन पत्राचार गर्ने मन्त्रालयको तयारी छ ।

देशैभरका स्थानीय तहबाट मन्त्रालयलाई प्राप्त भएको विवरण अनुसार सबैभन्दा बढी रिक्त पदको विवरण प्रदेश एकले पठाएको छ । सो प्रदेशका स्थानीय तहबाट २ हजार ३ सय ४९ दरबन्दी माग भएको छ । यस्तै सात नम्बर प्रदेशले १ हजार ३ सय ८४ रिक्त पदको विवरण मन्त्रालयमा पठाएको छ । यस्तै प्रदेश दुईले १ हजार ७ सय ३२, प्रदेश तीनले १ हजार ५ सय ८१ माग गरेका छन् ।

त्यसै गरी प्रदेश नम्बर पाँचले १ हजार ८ सय ७२ जना, प्रदेश नम्बर ६ ले ८ सय २८ र प्रदेश नम्बर सातले १ हजार ३ सय ८४ जनाको रिक्त दरबन्दी पठाएका छन् । स्थानीय तहबाट प्राप्त विवरण मङ्गलवार नै अद्यावधिक भइसकेको भए पनि प्रक्रियागत विषयहरू मिलाउन लोक सेवा आयोगसहित मन्त्रालयका पदाधिकारीहरू बीच मन्त्रालयमा छलफल भएको जारी छ । थप छलफल पछि अन्तिम टुङ्गोमा पु¥याउने स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु