काठमाडौ । न्याय सेवा, न्याय, कानून, सरकारी वकिल समूह, रा. प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि नं १६६७४-१६६८०/०७५(७६) खुला तथा समावेशी मा आवेदन दिएर लिखित परिक्षामा सफल भएकाहरुको नतिजा सार्वजनिक गरिएको हो ।

साथै छनौट भएका उम्मेदवारहरूले अन्तरवार्ताको लागि पासपोट साइजको फोटो २, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २र२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणितगरी रुजू गराउनु पनेछ । । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुने जनाइएको छ ।

सम्बन्धित खबरहरु