काठमाडौं । पछिल्लो समय नेपालमा मात्र नभई विश्वका धेरै देशमा प्रयोग हुँदै आएको कोलगेट टुथपेष्टमा गम्भीर प्रकारको रसायन देखिएको छ ।

मल्टिनेशन कम्पनीको रुपमा उत्पादन हुँदै आएको यस्तो उत्पादनमा समेत यस्तो गम्भीर क्रुटी देखिदाँ विश्वकै मानिस चकित भएका छन् । यसको परीक्षणका क्रममा यसमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि अति हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको हो ।

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले लेखेको छ । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी रहेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएको कुरा हो ।

तर कोलगेटले त्यही मानिसको स्वास्थ्यमा गम्भीर हानिकारक मानिएको त्रिक्लोसा नै प्रयोग गरेर टुथपेष्ट बनाइरहेको खुल्न आएको हो । मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन समेत प्रयोग गरेर कुनै प्रवाहविना नै टुथपेष्ट बजार पठाइरहेको अध्ययनमा उल्लेख छ ।

त्रिक्लोसा प्रयोग क्यानाडा लगायतका धेरै देशमा प्रतिवन्ध छ । यस्तो गम्भीर अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको छ । बजारमा कोलगेट मात्रै टुथपेष्ट पाउँदैन अन्य धेरै प्रकारका ट्थपेष्ट (मञ्जन) आउँने गर्दछन् ।

तपाईलाई जानकारी गराउँ कोलगेट एक अमेरिकी कम्पनी कोलगेट पामोलिवको एक उत्पादन हो । यो कम्पनीले कोटगेटजस्ता धेरै ब्रान्डहरु बजारमा पठाएको छ । अब ती ब्राण्डमाथीपनि निगरानी राख्नुपर्ने देखिएको छ ।

हामीले यस्ता कुराहरु प्रयोग गर्दा सोच्नुपर्ने बेला आएको छ । आफुले किनेर प्रयोग गरेको सामान नै हानीकारक छ भने किन प्रयोग गर्ने ? सबैको सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।

यो खबर नेपालमा मात्र हैन । अरु देशमापनि यसरी प्रकाशित भएको छ । अरु देशको विभिन्न भाषामा यो खबर पढ्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । क्लिक शब्दमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु