काठमाडौं । पछिल्लो समय भूमिगत जस्तै रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य पक्राउ परेका छन् । भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका–६ गनापुरबाट उहाँलाई पक्राउ गरिएको जनाइएको छ । पोलिटब्युरो सदस्य बमलाई बुधबार साँझ पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो । बमको साथबाट विस्फोटक पदार्थ, ल्यापटप र पार्टीको दस्तावेज फेला परेको प्रहरीले जनाएको छ । सरकारले प्रतिवन्ध लगाएर कारबाही थालेपछि लगातार नेताहरु पक्राउ पर्न थालेका छन् ।

सम्बन्धित खबरहरु