सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


रितिक अधिकारी । जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले साना तथा ठुला सवारी साधनसँग रकम असुल्ने गरेको आरोप छ । पछिल्लो समयमा सवारी दुर्घटना बढेको चौतर्फी गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले हप्ते तथा महिनावारी सुल्क असुल्ने गरेका कारण सवारी चेकजाँचमा कडाई नगर्दा सवारी दुर्घटना बढेको स्थानीयले बताएका छन ।

जिल्लाका विभिन्न सडक खण्डमा चल्ने साना तथा ठुला सवारी साधनबाट हरेक महिना ५ सय देखि १५ हजारसम्म ट्राफिक प्रहरीले रकम लिने गरेका कारण पछिल्लो समय सवारी साधन चेकजाँचमा ट्राफिक प्रहरीले कम चासो दिन थालेको स्थानियबासीले आरोप लगाएका छन ।

अटो रिक्सा, मोटरसाईकल,म्याजीक, बोलेरो, ट्याक्टर, ट्रिफर, ट्रक तथा बसहरुबाट रकम असुल्ने गरेको सवारी धनीहरुको गुनासो छ । आफुहरुले रकम नदीए यो वा त्यो बाहनामा आफुहरुलाई दुःख दिने गरेको एक स्थानीय यातायात व्याबसायीले गुनासो गरेका छन ।

उनका अनुसार ट्राफिक प्रहरीले पैसा नदिदा दुःख दिने गरेको र पैसा दिएपछि वास्ता नगर्ने गरेको छ । तर आफुहरुले हरेक महिना सवारी साधन चेकजाँच तथा सवारी साधनलाई कार्बाही गरेर ५०÷६० हजार राजश्व संकलन गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक राजकुमार साहीले बताए ।

ट्राफिक प्रहरीले हप्ते तथा महिनावारी असुलेर सवारी साधनलाई उन्मुक्ती दिने गरेको आरोप छ नी ? भन्ने पत्रकारको प्रश्नमा सामाजीक रहनसहन अनुसार काम गर्नु पर्ने भएपनि ट्राफिक प्रहरीले रकम असुलेको गुनासो आफुभएको ठाउँसम्म आई नपुगेको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक साहीले बताए ।

तर आफुले कुनै पनि सवारी साधनबाट रकम नअसुलेको र ट्राफिक प्रहरीको कुनै व्यक्तिको कारण ट्राफिक प्रहरी संगठन बद्नाम हुने गरेको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक साहीले गुनासो गरेका छन । यदि कसैले रकम असुल्ने गरेको पाईएमा कार्बाही गर्ने ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक साहीले प्रतिबद्धता व्याक्त गरेका छन ।

भने सर्लाही जिल्लाका भित्रि सडक तथा मेन सडक खण्डमा रुट परमिट नभएका,सवारी चालक अनुमती पत्र नभएका र उमेर नपुगेका सवारी चालकहरुका कारण दैनिक हुने गरेका सवारी दुर्घटनामा नागरीकको अकालमा ज्यान जाने गरेको छ । यस विषयमा ट्राफिक प्रहरीको ध्यानजानु जरुरी रहेको जानकारहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता