यस्तो देश जहाँका प्रधानमन्त्री अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ


काठमाडौं । नेपालका नेताहरु धेरै खचार्लु भएको आरोप लाग्ने गरेको छ । कुनै पनि पेशा व्यवसाय नभएको भए पनि नेपालमा नेताहरुले अरु भन्दा फरक जीवन विताउँदै आएका छन् ।

यो बिचमा नेपालको छिमेकी भुटानका प्रधानमन्त्री भने अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ । थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार डा. लोतेय छिरिङले एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गर्नुभयो ।

लोतेय छिरिङ अर्थात उहाँ भूटानका प्रधानमन्त्री हुनुहुन्छ । उहाँले साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा काम गर्नुहुन्छ भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधानमन्त्री निर्वाचित हुनु भएका छिरिङ भन्नुहुन्छ, ‘कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु ।

म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’ प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन । साधारण डाक्टरजस्तै अस्पताल पुग्नुहुन्छ । अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन् ।

उहाँ पनि नियमित डाक्टरले झैं आफ्नो काम गर्नुहुन्छ । उहाँको यो कार्य अहिले उहाँ नेपालमा मात्रै होईन विश्वभर चर्चामा हुनुहुन्छ । उहाँको यो कार्यबाट नेपालका नेताहरुले पनि केही सिक्ने पो हो की ? जनता प्रश्न गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर