काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा फेरि नाकाबन्द हुने भएको छ । भारतको बिहारमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका नाका तीन दिनका बन्द गर्न लागिएको छ ।

छैठौं चरणको निर्वाचनलाई लक्षित गर्दै आजदेखि आइतबारसम्म नाका बन्द गरिने जनाइएको छ । सीमा नाका बन्द हुँदा मुलुकको प्रमुख वीरगन्ज भन्सार नाकासमेत तीन दिन बन्द हुने भएको छ ।

दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने भएको हो । नेपालतर्फको निर्वाचनका समयमा पनि सुरक्षालाई मध्यनजर गर्दै दुई देशको सीमा नाका बन्द गर्ने चलन छ ।

बिहारको उत्तरमा नेपालका विभिन्न जिल्ला, पूर्वमा भारतकै पश्चिम बंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छन् । अत्यावश्यक सेवा, र एम्बुलेन्सबाहेक अन्य सवारी वा नागरिकलाई आवतजावतमा रोक लगाइएको अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित खबरहरु