काठमाडौ । चैत्र २३ गते अर्थात १४ अप्रिलको रामनवमी उत्सवपछि हरेक दिन हिन्दु मन्दिरका देवी देवताका मुर्ती सफा चट र सिंगार पटारमा खटिएका छन् । धर्मले मुस्लिम अल्लाह इश्वरका भक्त सद्दाम हुसैन अहिले राजाजीनगरको राम मन्दिरमा राखिएका मूर्तिको सफाईमा खटिरहेका हुन् ।

उनलाई चटारो थियो । फेरी बैशाख २३ गते मे ६ मा परेको सिता जयन्तीको । उक्त दिनका लागिपनि उनी त्यसरी नै खटे । श्रीराम सेवा मंडली, राजाजीनगरमा मानिसहरु निक्कै व्यस्त हुन्छन् । राजाजीनगरमा हरेक बर्ष निक्कै ठूलो र्याली निकालिन्छ । यो र्याली सफल बनाउनपनि यी २७ बर्षीय मुस्लिम युवा निक्कै खटिए ।

यी युवामा यो पुरै मन्दिर सफाईको समेत जिम्मेवारी छ । आत्मविश्वासको शान्त हावाका उनी आफ्नो जिम्मेवारी पुरा गरिरहेका हुन्छन् । उनको नाम कसैले सोध्यो भने उनी गर्वका साथ म सद्दाम हुसैन हुँ भन्छन् ।

हुसैन, जसले केबल २ कक्षा मात्र पढेका छन् । मन्दिर सफाईको काम सकेपछि जागिर भन्दा थप समय आसपासका घरकोठा सार्न सहयोग गर्छन् । उनी केही पसलहरुको सामान ओसार्ने कामपनि गर्छन । राती ट्याक्सी चलाउँछन् ।

सद्दाम कसैलाई पर्खिदैनन् । बिहानै मन्दिर पुग्छन् । सफाई गर्छन । आफ्नो कर्तव्य पुरा गरेर फेरी नीजि काममा खट्छन् । उनलाई कुनै गाह्रो छैन मन्दिरको सिडी देखि छतसम्म चढेर सफाई गर्छन । धुलो पोछा लगाउछन् । झाडू लगाउछन् ।

फिचरमा राखिएको तस्विरमा उनी राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिमा लागेको फोहोर बडो प्यारका साथ सफाई गरिरहेका छन् । जस सद्धाम मूर्ती सफाईमा लाग्छन् । तब यो पुरै चम्किला बन्छन् ।

सम्बन्धित खबरहरु