रितिक अधिकारी । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटना न्युनिकरण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सर्लाहीको हरीवनमा सम्पन्न भएको छ ।

ट्राफिक नियमको पालना नगर्दा हुने दुर्घटना ,समस्या र त्यसबाट जीवन रक्षालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन हरविनमा तालीमको आयेजना गरिएको हो ।

तालीममा साना तथा ठुला सवारी साधनका चालक , सहचालक तथा सरोकारवाला निकायको सहभागीता रहेको आयोजकले बताएको छ ।

हरीवन नगरपालीकाका नगर प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा हरिवन नगर स्वास्थ्य शाखाको आयोजनामा तालीम सम्पन्न भएको युवराज आर्चायले जानकारी दिनु भयो ।

सर्लाहीको हरिवन नगरपालीका ८ मा रहेको एक अगरबती उधोगमा अज्ञात समुहले आगजनी गरेका छन । बिहिबार राती करिब ११ः१५ बजेको समयमा कडरिया अगरबती उधोगमा अज्ञात समुहले आगजनी गरेका उधोग धनी अन्जना कडरियाले जानकारी दिनु भयो ।

आगजनीबाट अगरबती बनाउनको लागि राखिएको कच्चा पर्दाथ लगायतका आवश्यक सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको पिडित कडरियाले बताउनु भयो ।

तत्कालै स्थानियबासि र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएकाले मानविय तथा अन्य भौतिक क्षेती नभएको प्रहरीले जनाएको छ ।

उद्योगमा आगजनी गर्ने अपराधीको खोजी कार्यलाई अगाडि बढाईएको र अपराधीलाई कार्बाहीको दायरामा ल्याउन प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिनोद सुनवारले बताउनु भयो ।

सम्बन्धित खबरहरु