काठमाडौ । मानिस चेतनशील प्राणि हो । मानिसमा दया माया पक्कै हून्छ । तर कुनै यस्ता पनि हुन्छन् जो निकै निर्दयी हुन्छन् । उनीहरु मानबको रुपमा राक्षसरुपी हुन्छन् । यस्तै ललितपुरको एक घटनाले सबैलाइ निराश बनाएको छ ।

ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु) ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन् । क्यानाडा जाने तयारिमा रहेकी अञ्जना लामाको जेठाजुले नै खुकरी प्रहार गरी हत्या गरेको जनाइएको छ ।

अञ्जनाको हत्या हुनु अघि उनी घर भन्दा केहि पर पानी लिन गएकी थिइन । त्यति बेला अन्जनाकी सासु आमा सुतेकी थिइन एक्कासी छोराले आमा मैले उसलाई काटे भन्दै बोलाए ।

पारिवारिक श्रोतका अनुसार उनले पहिले काम गरेको ठाउ बाट बारम्बार धम्कि आउने गरेको थियो । बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे । बुहारीलाई हत्या गरेपछी खुकुरी बरन्डामा राखे ।

खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो । प्रहरीका अनुसार टाउको र हातमा सयौँ पटक खुकुरी हानेकाले घाँटी छिन्नै लागेको थियो।

भने अभियुक्त महतको एउटा औंला काटिएको प्रहरीले जनाएको छ । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

सम्बन्धित खबरहरु