काठमाडौं । आज कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ भण्डारीकाँडामा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी आज अपराहन्ह ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणि गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङका तिलक खड्का घाइते भएका छन् । कुखुरा बोक्ने बोलेरो गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खबरहरु