काठमाडौ । १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि मुम्बई इन्डियन्सले चुमेको छ । अहिलेसम्मकै चमत्कारीक फाईनल खेल खेल्दै चेन्नई सुपर किंग्सलाई मात्र १ रनले हराउँदै उपाधि हात पारेको हो टस जितेर ब्याटिङ रोजेको रोहित शर्माको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

लक्ष्य पछ्याउन जवाफी ब्याटिङ्गमा उत्रिएको महिन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किंग्सले सबै ओभर सकाउदा १४८ रन बनायो । मात्र १ रनले धोका दियो ।

मुम्बई इन्डियन्सका लागि किरण पोलार्डले सर्बाधिक नट आउट ४१, क्विन्टनले २९, इशान किसानले २५, हार्दिक पाण्ड्याले १६, कप्तान रोहित शर्मा, सूर्यकुमारले १५–१५, कुणाल पाण्ड्याले ७ रन बनाए । बलिङमा चेन्नईका दीपक चाहुले ३, इमरान ताहिर र सार्दुल ठाकुर २–२ विकेट लिए ।

आजको टिमः
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), क्विन्टन डि कक ९विकेटकीपर०, सूर्यकुमार यादव, किरण पोलार्ड, इशन किसन, हार्दिक पाण्ड्या, लसिथ मलिंगा, कुणाल पाण्ड्या, जसप्रित बुमराह, मिचेल मैक्लेनघन र राहुल चहर

चेन्नई सुपर किंग्सः महेन्द्रसिंह धोनी (कप्तान), फाफ डुप्लेसी, शेन वाट्सन, सुरेश रैना, अम्बाती रायडू, रविन्द्र जडेजा, हरभजन सिंह, दीपक चहर, इमरान ताहिर, डिजे ब्रावो र शार्दुल ठाकुर


यी दुई टिमले यो आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेका थिए । तीनै खेलमा मुम्बईसँग चेन्नई पराजित भएको थियो । लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नई देखिएपनि त्यो सम्भव भएन । मुम्बई भने फेरी चेन्नईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा थियो । जुन सम्भव बनायो । प्लेअफको पहिलो क्यालिफयरमा चेन्नईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

सम्बन्धित खबरहरु