अहिलेसम्मकै भीषण असिना–पानीसँगै चट्याङ : ८ जना घाइते


खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो ।

घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत