काठमाडौ । एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिनेक्रममा भएको चर्काचर्की र वादविवादको विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठले बताउनुभयो ।

तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनुभयो ।

सम्बन्धित खबरहरु