काठमाडौ । नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदान दिने शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । उहाँ नेपालीहरुका शान हुनुहुन्छ । उहाँलाई ललितपुर महानगरपालिकाले बग्गीमा राखी नगरपरिक्रमासहित सम्मान गरेको हो ।

जोशीलाई उहाँको निवास पाटन बखुम्बहालबाट रथारोहणसहित मंगलबजार, ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुगेर विशेष कार्यक्रम गरी सम्मान गरिएको हो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित हुनुभएको थियो ।

जोशीसहित सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई पनि ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । जोशीको नगर परिक्रमा कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासीन्दा, विद्यार्थी, नेपाली सेना, प्रहरी, कर्मचारी लगाएको सहभागीता रहेको थियो ।

बग्गीमा सवार गराउन महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता सत्याललगायत घरमै पुग्नुभएको थियो । संस्कृति तथा इतिहासविद् जोशी आज एक सय वर्ष पुग्नुभएको छ । ललितपुर महानगरले उहाँको सम्मानमा एक वर्षसम्म विभिन्न कार्यक्रम गर्ने घोषणासमेत गरेको छ । तस्विर : रासस

सम्बन्धित खबरहरु