जनबोली ज्योतिष ब्यूरो / २०७६ साल जेठ १ गते बुधबारदेखि सूर्यले घर परिवर्तन गर्दैछ । यो जेठ ३२ गतेसम्म वृष राशिमा बक्र हुनेछ । यसरी सूर्यले घर परिवर्तन गर्दा केही राशिमा अवश्य असर पर्छ । तर यो पटक १२ वटै राशिमा असर जमाएको छ । हेरौ कुन राशिलाई कस्तो असर छ । यो जानकारी आफुले हेरेपछि अरुलाई सेयर गर्न नभुल्नुहोला ।

मेष, वृष, कुंभ, मीनका लागि शुभ छ । सूर्य, तर सूर्य केही राशिका लागि भने हानिकारक बनेर आइको छ । बुधवार, १५ मई अर्थात जेठ महिनाको १ गते बुधबार हो । यो दिनको दोस्रो प्रहरबाट १५ जून अर्थात जेठ महिनाको ३२ गतेसम्म सूर्य वृष राशिमा रहेनेछन् । वृष शुक्रको स्वामित्व वाला राशि हो । शुक्र अहिलेसम्म मेष राशिमा सूर्यका साथ थिए । उज्जैनका ज्योतिषाचार्य पं. मनीष शर्माका अनुसार मेष, वृष, कर्कट, कन्या, तुला, वृश्चिक, मकर, कुंभ र मीन राशिका लागि सूर्य शुभ रहनेछन् । मिथुन, सिंह, धनु राशिका मानिसका लागि सूर्यले अशुभ असर दिनेछन् । । जान्नुहोस् सबै १२ राशिकै लागि वृष राशिमा सूर्य बस्दा कस्तो फल मिल्दैछ । र कस्तो असर गर्दैछ ।

सूर्य राशिफल


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईका लागि सूर्य बाधा ब्याबधान हटाउनका लागि । कार्य सम्पन्नका लागि प्रवेश गर्नुभएको छ । पर निर्भरता समाप्त हुनेछ । आफ्ना सबै काम पूरा हुनेछन् । जीवन सफलतातर्फ अघि बढ्नेछ । व्यवहारमा भने संयमिता राख्नुहोस् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अब सूर्य यो राशिमा नै रहने भएकाले अति शुभ छ । तपाईका लागि मंगलकारी हुनेछ । कयौ प्रकारका सफलता चुलिनेछन् । धन प्राप्तिको योग छ । कार्य अझै विस्तार हुनेछ । नया व्यापार प्रारम्भको योग छ । यो व्यापार ब्यवसायले तपाईलाई मनग्गे फाईदा दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) द्वादश सूर्य तपाईको राशिमा प्रवेश गर्दैछ । यसले तपाईलाई हैरानी दिनेछ । आर्थिक कार्यमा ज्यादै सावधानी राख्नुहोला नत्र यसले असर गर्नेछ । हानी नोक्सानी हुनेछ । वाहनको प्रयोगमा अति होसियारी अपनाउनुहोला । लापरवाहीले जीवनकै क्षति बनाउने योग छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यो राशिका लागि एकादश सूर्य प्रवेश हुँदैछ । आत्मविश्वासमा वृद्धि गराउनेछ । काम समयमा नै पूरा हुँदा हौसला बढ्नेछ । आध्यात्मिक उन्नति हुने देखिन्छ । परिवारमा खुशियाली छाउनेछ । एक प्रकारको उमंग भित्रिदैछ । मनमा शान्ति र संबृद्धिले साथ दिँदा हर्सित भएर १ महिना वित्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दशम सूर्य प्रवेश गर्दैछ । यो राशि भएकालाई सूर्यको असरले मित्रहरुमा वैचारिक मतभेद आउँनेछ । राम्रा व्यक्तिसँगको सम्बन्ध टुट्नेछ । संयम रहेमात्र लाभ होला नत्र हानी हुनेछ । कार्यमा प्राथमिकता दिँदा धेरै राम्रो हुनेछ । धैर्यता राख्न सके लाभ लिन सकिने कार्य बन्नेछन् । हतार गरे गुम्नेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नवम सूर्य तपाईको राशिमा आउँदैछ । यसले कार्यमा बदलाव ल्याउनेछ । मनमा शान्ति, व्यापारको विस्तार हुनेछ । मित्रसँग सम्बन्ध सुधार हुनेछ । घर–परिवार र समाजमा वर्चस्व बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) यो राशिका लागि सूर्य अष्टम रहेको छ । यसैले गर्दा तपाईलाई निक्कै ठूलो सफलता मिल्नुपर्ने हुन्छ । तर खर्चको कारण तपाईलाई हैरानी हुनेछ । खर्च निक्कै नै बढ्नेछ । व्यापारमा उच्च सफलता देखिन्छ । शान्त र धर्य भएर कार्य गरे मनग्गे लाभ मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सप्तम सूर्य तपाईको राशिमा प्रवेश गर्नेछ । यसले तपाईलाई शुभ नै शुभ रहेनछ । घरमा मांगलिक कार्य आयोजन गर्ने योग बनेको छ । जसले लाभ भित्र्याउनेछ । कार्य अझै विस्तार हुनाले व्यपार ब्यवसाय गर्नेका लागि लाभ नै लाभ छ । अधिकारीको मद्तले धेरै काम समयमा नै पुरा हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) षष्ठम सूर्य धनु राशिमा प्रवेश गर्दैछ । यसकारण यो राशि भएकाले कडा मेहनत गर्नुपर्ने हुन्छ । सफलताका साथ चिन्ताजनक समाचारले केही दुखी बनाउँनेछ । परिवारमा जिम्मेदारी बढ्नेछ । सावधानभएर काम गर्नुहोला । त्यति उत्तम नभएकाले कडा परिश्रम जारी राख्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यो राशिका लागि पंचम सूर्य प्रवेश हुनेछ । यसकारण तपाईका कुनै रोकिएका ठूला ठूला कामहरुपनि यो अवधिमा पूरा हुने दिशातर्फ जानेछन् । सम्धि, सम्धिनीसँग गरेको सहकार्यबाट निक्कै लाभ लिन पाउनुहुनेछ । व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) चतुर्थ सूर्य तपाईको राशिमा प्रवेश गर्दैछ । यसले प्रतिष्ठामा वृद्धि दिलाउनेछ । केहिदिनदेखि आर्थिक संकट झेल्दै आउनुभएको थियो । अब त्यो दिन टाढा भाग्दैछ । धन लाभ मिल्नेछ । मनग्गे आर्थिक उपार्जन गर्नुहुनेछ । मनमा खुशी छाउनेछ । परिवारमा हर्ष बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यो राशिका लागि तृतीय सूर्य प्रवेश गर्दैछ । यसले धेरै नै लाभदायक बढाउनेछ । वाहनको सुख प्राप्ति हुने देखिन्छ । मोटरसाईकल, साईकल, गाडी खरिद गर्न सक्नुहुनेछ । परिवारमा मान–सम्मान बढ्नेछ । रोकिएका अनेकौँ कार्य बन्नेछन् । कार्य सफलताबाट आर्थिक सुधार हुनेछ । मनमा खुशी बढ्नेछ ।

सम्बन्धित खबरहरु