एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर भर्खरै मात्र नेपाल फर्किएका चर्चित युवा स्पिनर सन्दीप लामिछाने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलेसंगै चर्चामा आएका छन् ।

बिदेशी क्लबहरुमा समेत आवद्ध भई विभिन्न लिगहरु खेलिसकेका सन्दीप यतिबेला नेपाली क्रिकेटरहरुमा राम्रो नाम र दाम कमाउँन सफल खेलाडी पनि हुन् ।

यसबीच सन्दीपले झन्डै १० लाख मुल्यको नयाँ बाईक खरिद गरेका छन् । उनले मंगलबारमात्र सामाजिक सञ्जालमा आफनो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाईकसहितको तस्बिर पोस्ट गरेका छन् । उनले खरिद गरेको बाईकको मुल्यकै कारण पनि यसको चर्चा भईरहेको हो ।

बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको मुल्य नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्न आउँछ । उनले गत बर्षको डेब्यु खेलामा आइपिएलमा हंगामा नै मच्चाएका थिए तर यस बर्ष आइपिएलमा सन्दीपले खासै उत्कृष्ट प्रर्दशन भने गर्न सकेनन् ।

तथापी उनको टिम दिल्ली क्यापिटल्स तेस्रो बन्यो । आइपिएल खेलेर सन्दीपले यस पटक २० लाख पारिश्रमिकसहित झन्डै ५५ लाख पाउँने भएका छन् ।

सम्बन्धित खबरहरु