काठमाडौ । ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफुले सो रकम नलिएको बताएका छन् । आज विशेष अदालतमा हाजिर भएका पाठकले यस्तो दाबी गरेका हुन् ।

उनले आफुलाई नियतबस नै फसाउँन खोजिएको भन्दै अदालतमा भने “मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।” जबकी भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको भिडियो नै सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएलगत्तै आलोचना र बिवादमा आएका उनले पदबाटै राजिनामा दिएका थिए । उनीमाथि महाअभियोग लगाउँने तयारी भईराख्दा उनले फागुन ३ गते पदबाट राजिनामा दिएका थिए ।

पाठकले गर्छु भनेको काम नगरेपछि घुस दिनेहरुले उनीसंग पैसा फिर्ता मागेका थिए । जसको भिडियो सार्वजनिक भएको थियो। आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको छ ।

सम्बन्धित खबरहरु