यो हो काठमाडौमा आफनै श्रीमतीलाई एसिड प्रहार गर्ने राक्षसी श्रीमान


काठमाडौ । हिँजो राति काठमाडौको कालोपुलमा युवतीमाथी एसिड प्रहार गरिएको थियो । राजधानी काठमाडौँमा युवतीमाथि एसिड प्रहार गर्ने अरु कोही नभएर उनकै श्रीमान भएको तथ्य फेला परेको हो ।

काठमाडौँको कालोपुलमा बुधबार साँझ एक २० वर्षीय युवतीमाथि एसिड आक्रमण भएको थियो । जुन घटनामा उनकै श्रीमानको संलग्नता भएको प्रहरीले पुष्टी गरेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया श्रीमतीमाथि २८ वर्षीय श्रीमान बिष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ ।

बिष्णुले केही वर्ष अघि युवतीलाई भगाएर ल्याएको र एक वर्ष देखी उनीहरूको सम्बन्ध राम्रो नभएकाले युवती छुट्टै बस्दै आएकी थिइन् । युवतीको चाबहिलस्थित ओम अस्पतालमा उपचार भएको थियो तर त्यहाँबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ ।

घटना लगत्तै फरार भएका बिष्णुलाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको छ । पक्राउ गरिएका बिष्णुलाई कडा कार्बाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत