जनता पानी पिउन नपाएर काकाकुल भएको बेला खानेपानी आयोजनाको रकम फ्रिज हुँदै


रितिक अधिकारी, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि स्थानिय विकास प्रर्वधन कार्यक्रमको ५१ लाख रुपैँया फ्रिज हुने अवस्थामा पुगेको छ । नेपाल सरकार संसदीय विकास कोषबाट आएको ५१ लाख रुपैँया समयमै काम हुन नसक्दा फ्रिज हुने अवस्थामा पुगेको हो ।

सर्लाही क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य प्रमोद साहले नगरपालिकाको –५,१३ र १४ नम्बर वडामा ईनार तथा पाईप जडानका लागि नेपाल सरकार संसदीय विकास कोषबाट आएको ५१ लाख रुपैँया करिब ६ महिना अगाडि नै नगरपालिकालाई उपलब्ध गराएको भएपनि अहिले सम्म पनि निर्माण उपभोक्ता समिति समेत गठन हुन नसक्दा सो रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।

सांसद साह र नगरपालिकाका मेयर मनोज देवकोटाबीच कुरा नमिलेका कारण निर्माण उपभोक्ता समिति गठन नभएको र निर्माण उपभोक्ता समिति गठन नहुँदा असारमा सकिनु पर्ने काम सुरु नै नभएको स्थानियबासीको गुनासो छ । कुनै एक पार्टीका कार्यकर्ताहरुलाई आफुले स्विकार गर्न नसक्ने र सांसद साहले आफ्ना कार्यकर्ताहरुलाई निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाउन दवाव दिएका कारण समस्या सृजना भएको मेयर देवकोटाको आरोप छ ।

कुनै पार्टीको कार्यकर्तालाई अध्यक्ष बनाउन प्रक्रियाले नदिने भएका कारण आफुले सो काम गर्न नसेको मेयर देवकोटाले बताउनु भयो । ५, १३ र १४ नम्बर वडाको संयुक्त कार्यक्रम रहेको र संयुक्त समिति बनाउनु पर्ने तर सांसद साहले आफ्नो पार्टीका कार्यकर्तालाई अध्यक्ष बनाउन सिफारीस गरेको र त्यो प्रक्रियागत नभएको साथै आफुले पटक–पटक निर्माण उपभोक्ता समिति बनाउन आग्रह गर्दा पनि स्थानिय राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुले बेवास्था गरेका कारण समस्या सृजना भएको देवकोटाको भनाई छ ।

भने नगरपालिकाका मेयर देवकोटाले विधि प्रक्रिया मिचेर काम गरेका कारण आफुले सहकार्य गर्न नसकेको सांसद साहले बताउनु भयो । वडाका योजना बनाउँदा मेयर देवकोटाले आफु खुसी योजना बनाउने र नगरपालिका भित्र निर्माण उपभोक्ता समिति बनाउने अधिकार मेयर र उप मेयरले लिएका कारण नगरपालिकामा समस्या भएको सांसद साहले बताउनु भयो ।

आफुले बजेट व्यावस्थापन गरेको र आफ्नो पार्टीको अध्यक्ष हुुनु पर्ने आफुले दाबी गरेको सांसद साहले स्विकार गर्नु भयो । साथै यदि आफुले सिफारीस गरेको व्यक्ति अध्यक्ष नबन्ने भए भेलाबाट,सहमतीबाट वा सुचना प्रकाशन तथा प्रसारणबाट निर्माण उपभोक्ता समिति बनाउन आग्रह समेत गरेको सांसद साहले बताउनु भयो । मेयर देवकोटाका कारण ईश्वरपुर नगरपालिकाको विकास तिब्रगतीमा हुन नसकेको र अहिलेको जस्तै व्यबहार गरीरहे केन्द्र सरकारले दिने बजेट नगरपालिकालाई आफुले नदिने पनि सांसद साहले प्रतिबद्धता जनाउनुभयो ।

जनताका लागि आफुले बजेटको व्यावस्था गरेको भएपनि आन्तरीक सामान्य विवादका कारण ५१ लाख रुपैँया फ्रिज हुने अवस्थामा पुगेको सांसद साहले बताउनु भयो ।

३ वटा वडामा खानेपानीको समस्या समाधनको लागि आफुले दिएको रकम यो अवस्थामा पुग्नु निकै दुर्भाग्य भएको सांसद साहले बताउनु भयो । उक्त क्षेत्रमा पानी पिउन नपाएर जनता काकाकुलको अवस्थामा पुगेका छन् । खोलाको पानी थापेर पिउन बाध्य छन् ।

सर्लाहीको हरिवन–११ मा अघि बढ्दै छ हरिवन समृद्धको पथमा, जन प्रतिनिधिका पाईला जन जनको साथमा भन्ने मुल नाराको साथ शुक्रबारबाट प्रथम हरिवन रमाईलो महोत्सव २०७६ सुरु भएको छ । हरिवन नगरपालिका –११ सुर्ती विकासको प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा आयोजक हरिवनका युवा जोनिस लामाले महोत्सवको तयारी पुरा भएको बताउनु भयो ।

कसैको सहयोग विना हरिवनका युवाहरुको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम शुक्रबारबाट सुरु भई २०७६ जेष्ठ ३ गतेबाट सुरु भई २०७६ जेष्ठ १५ गते सम्म महोत्सव लाग्ने आयोजकले बताएको छ ।

महोत्सवमा रमाइलो कार्यक्रमलाई प्राथमिकता दिएको आयोजकले बताएको हो । शुक्रबारबाट सु्ररु भएको महोत्सव जेष्ठ १५ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । कार्यक्रममा १ सय ६० वटा स्टलहरु रहेका छन भने स्थानिय कला सस्कृती कला साहित्य आदिको प्र्रो्रत्साहन

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत