बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड दिनुभएको छ । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को लुम्बनीबाट सुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताउनुभएको हो ।

बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उहाँको जोड छ ।


कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउनुभएको हो । लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उहाँले भन्नुभयो ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । बाहिर सिसौका रुखले उजाड बनाएको छ, अब फलफूल रोप्नुपर्छ ।’

नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु