काठमाडौ । अहिलेको नेपाली समाज विकासको गति तर्फ अगाडी बढीरहेको छ । हाम्रा विभिन्न ग्रन्थहरुमा विवाहलाई विशेष महत्वको साथ लिइएको छ । पहिले पहिले भन्ने चलन थियो, ‘विवाह यस्तो फल हो जुन खाने पनि पछुताउँछ र नखाने झन पछुताउँछ ।’

अहिले बढ्दो विज्ञान र प्रविधिको प्रयोगले विवाह सहज बन्दै गएको छ । सामान्यतया विवाहका लागि पत्रिकाहरुमा दैनिक विज्ञापन आउँने गरेको धेरैलाई जानकारी हुनुपर्दछ । सामाजिक सञ्जालको माध्यमबाट वा विभिन्न एप्सहरुको सहयोगमा आफ्नो जीवनसाथि खोज्ने प्रचलन बढ्दै जान थालेको छ ।

पश्चिमा देशहरुमा विशेष चर्चामा रहेको यो तरिका अहिले नेपालमा पनि चर्चामा आउँन थालेको छ । विवाहलाई केटापक्षले एक प्रकारको बोझको रुपमा लिने गर्दछ । पुरानो मान्यता के भने श्रीमानले श्रीमतीलाई पाल्नुपर्दछ । एकथरी व्यक्तिहरु यो सोचलाई महिला हिंसाको उपच मान्दछन् ।

अहिलेको समयमा श्रीमतीले श्रीमानलाई पनि पाल्न सक्छन् भन्नुको अर्थ के भने परिवारको वा समाजको दायीत्व लिने क्षमता पुरुषहरुमा मात्रै हुँदैन महिलाहरुले पनि गर्न सक्छन् भन्ने सोचको विकास सुरु भएको छ । लामो समय देखि भिडियो बनाएर नेपाली समाज रुपान्तरणमा लाग्दै आएकी सोनीका रोकायले अर्को फरक कदम उठाएकी छिन् ।

पछिल्लो समय युटुबमा भाइरल रहेकी रोकायाले आफुलाई केटा खोज्न युटुयब प्रयोग गरेकी हुन् । तर यो भिडियोमा त्यस्ता कमेण्टहरु आए जसले सोनिकालाई मुख फोर्न बाध्य बनायो । उनले आफ्नो भिडियोमा आएका केही कमेण्ट नामसहित पढेर सुनाएकी छन् । कतिले त उनलाई निक्कै छाडा गाली गरेका छन् ।

तर सोनिकाले निक्कै घुमाउरो जवाफ फर्काएकी छन् । केहीले उनलाई अहिलेसम्म कति जनासँग यौन सम्बन्ध राखेको छ भनेर सोधेकापनि छन् । यहीबीचमा उनले अडिसन सुरु गरेकी छिन् । सामान्यतया कुनै प्रतियोगिताहरुमा तपाईले प्रतियोगिहरुले अडिसन दिएको देख्नु भएको छ ।

नेपाल आइडल, लगायत नेपालमा मात्रै नभई विश्वमा धेरै त्यस्ता कार्यक्रहरु हुन्छन जहाँ पहिले अडिसन हुन्छ अनी प्रतिस्पर्धा हुने गर्दछ । यो बिचमा सोनीकाले पनि आफ्ना लागि सही साथि खोज्न अडिसन लिएर विवाह गर्ने भएकी हुन् । उनका अनुसार अहिले १० जना उनको भविष्यको श्रीमानका लागि प्रतिस्पर्धामा रहेका छन् ।

आफु यस विषयमा गम्भीर भएको भन्दै नेपाली समाजलाई केही फरक चेतना दिनको लागि आफुले यस्तो कार्यको सुरुवात गरेको उनको बुझाई रहेको छ । पुरा जानकारी लिन यो भिडियो हेर्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु