नयाँ दिल्ली । विश्वको सबैभन्दा ठुलो लोकतन्त्र मानिएको भारतमा हरेक ५ वर्षको फरकमा निर्वाचन हुने गर्दछ । यो बिचमा भारतमा लोकसभा चुनावको मतदान सकिएको छ ।

यो निर्वाचनको नतिजा २३ मे मा आउँनेछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले नरेन्द्र मोदीलाई बधाई दिएका हुन् ।

बधाई दिने क्रममा उनले मालदिभ्स र एनडिए सरकारबीचको निकट नाताको पनि चर्चा गरेका छन् । आइतवार आएको एग्जिट पोलमा एनडिएलाई बहुमत मिलेको देखाइएको छ ।

यसैका आधारमा नशिदले ट्वीट गर्दै भनेका छन्, 'चुनाव सकिएलगत्तै नरेन्द्र मोदी र भाजपालाई बधाई दिन चहान्छु । मालदिभ्‍‍स र यहाँको सरकार तथा मोदी र एनडिए सरकारबीच अझै नजिकको सम्बन्ध स्थापित हुने विश्वास लिएको छु ।'

https://twitter.com/MohamedNasheed/status/1130142457918656518?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1130142457918656518&ref_url=http%3A%2F%2Fthahakhabar.com%2Fnews%2F69697

सोलिहको सपथमा मोदी नोभेम्बर २०१८ मा मालदिभ्सका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको शपथ ग्रहण समारोह भएको थियो । यसमा नरेन्द्र मोदी पनि सामेल थिए ।

सोलिहले राष्ट्रपति चुनावमा अब्दुल्ला यामिनलाई हराएका थिए । डिसेम्बर २०१८ मा राष्ट्रपति सोलिह भारत भ्रमणमा आएका थिए ।

यस क्रममा भारतले मालदिभ्सलाई ९७.४३ अर्ब रुपैयाँ सहयोग पनि गरेको थियो । लोकसभा चुनावमा यस पटक ७ चरणमा मतदान भएको थियो । जम्मा ५४२ सिटका लागि मतदान भएको हो । एजेन्सी

सम्बन्धित खबरहरु