काठमाडौं । लामो समय देखि व्यापारिक लडाई लड्दै आएका अमेरिका र चीन बिचको सम्बन्ध थप उचाईमा पुगेको छ । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गूगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ ।

डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ । गूगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् ।

हुवावेमाथि फोनको माध्यमबाट मानिसहरुको जासुसी गरेको आरोप लागेको छ । यता हुवावेले आफुहरुले गुगल भन्दा राम्रो सिस्टम ल्याउन लागेको बताएको छ ।

सम्बन्धित खबरहरु