काठमाडौं । नेपालमा अहिले अवैध रुपमा देहव्यापार सञ्चालन गर्नेहरु बढ्दै जान थालेका छन् । यो बिचमा संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

 

विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो । यो कुरा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिला रहेका छन् । उनीहरूलाई सदरमुकाम खाँदबारीको जस्मिन होटलबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको हो ।

रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु