काठमाडौं । दुई परिवारमा ९ जनाको हत्या गरिएको घटना कसरी भयो भन्ने धेरैमा चासो भएको छ । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको खुल्न आएको छ ।

उक्त घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले यस्तो बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले पालैपालो प्रहार गरेका थिए ।

घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे ।’ पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको हो ।

धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका ९ जनाको हत्या गरिएको छ । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहान मात्रै जानकारीमा आएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् । सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु