कार्तिक २२ । चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका २७ वटा ट्याङ्कर आज तिव्वतको केरुङ पुगेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् भने २७ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ भर्न केरुङमै बसेका छन् ।गत कात्तिक १४ गतेयता ४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु