काठमाडौं । आज अचानक भएको सडक दुर्घटनामा दर्जन भन्दा धेरै व्यक्ति घाइते भएका छन । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

सुपा देउराली दर्शन गर्ने यात्रु बोकेर फर्कँदै गरेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइतेको उद्धार कार्य जारी छ ।

घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु