सरु भट्ट । आज भोली नेपाली समाजमा हत्या हिंसा र बलात्कारका घटना वढ्दै गएका छन् । किशोरी तथा बालिकाहरू त घर वाहिर निस्कन नै हिचकिचाउन थालेका छन् ।

पछिल्लो समयको घटना क्रम हेर्दा महिलाहरूमा यौनजन्य हिंसा बढि देखिन्छ । घटना पनि यति विभत्स बन्दै छन् । हत्या सामान्य जस्तो भैसकेको छ । एकातिर समाज प्रविधीमय बनेको छ भने अर्को तर्फ विकास संगै विनाश भने झैं प्रविधी ले विकृति भित्र्याएको पनि छ ।

बालबालिकालाई शिक्षा संगै संस्कारको खाँचो छ। अल्पविकसित देशहरूमा प्रविधीको दुरूपयोग बढि हुने गर्दछ । जसरी एउटा घडामा क्षमता भन्दा वढि पानी अड्दैन त्यसैगरि समाजमा पनि प्रशिक्षण विनाको प्रविधीले विकराल रूप लिन सक्छ। त्यसैको उदाहरण हो नेपालमा छोटो समयमा अत्याधिक प्रयोगमा आएको इलेट्रोनिक मिडिया।

जसको आफ्नै महत्व र जटिलता छ तर प्रविधीको गतल वा अनियन्त्रित प्रयोगले मानव जीवन असंयमित हुने गर्दछ। उदाहरणको लागि फेसवुक जो आजको समयमा विश्व भरि प्रयोगमा आएको प्रविधी हो तर यसको पनि आफ्नै सिमा थियो होला तर विश्व भरि सजिलै जोडिन सकिने यसको प्रयोगले नेपाली समाजमा सहजता र जटिलता दुवै ल्याएको छ। मानव जीवनमा हरेक कुराको व्यबस्थापनले महत्व राख्दछ तर व्यवस्थापन गर्न नसक्दा दुर्घटना निम्त्याउछ।

प्रविधीको गलत प्रयोगले भविष्य पनि विग्रन्छन् । आज फेसवुकबाटै सम्वन्धको सुरुवात र जीवनकै अन्त पनि भएको छ। अभिभावक आफैं व्यवस्थापनमा चुकेका कारण पनि केटाकेटी हरु प्रविधीको गलत प्रयोगबाट अनेक दुर्घटनाको सिकार हुदै छन्।

केटाकेटी लाई कुन उमेर मा कस्तो शिक्षा र संस्कार को आवश्यकता पर्छ भन्ने कुरामा अभिभावक सचेत नहुदा पनि घटना हरू वढि घट्ने गर्छन् । केटाकेटीका लागि पहिलो गुरू अभिभावक भएकोले उनिहरूको अगाडी के गर्ने के नगर्ने भन्ने कुरामा पनि अभिभावक सचेत हुनुपर्दछ ।

प्रविधीको प्रयोग कति वेला कुन प्रयोजन को लागी भन्ने कुरामा पनि सचेत हुन जरूरी छ। मेरो भनाइको अर्थ हिजो आजका घटना परिघटनाको अध्ययन गर्दा हत्या हिंसा र बलात्कारको श्रृङ्खला बढ्नुमा कुनै एउटा पक्ष मात्र दोषी नभएर शिक्षा संस्कार र प्रविधीको गलत प्रयोग वढि जिम्मेवार देखिन्छ।

सम्बन्धित खबरहरु