काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक विषय एकदम चर्चामा रहेको छ । सामान्यतया अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा पठाउने गरिन्छ ।

कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । तर, धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेका भेटिएपछि अहिले नेपाली प्रहरीमाथि प्रश्न उठेको छ ।

जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा मस्ती गरिरहेको अवस्थामा भेटिएका हुन् ।

कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको थियो । कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलाइ होटलमा पुर्याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी खाँदै सुरक्षा दिइरहेका थिए ।

ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य खुलेको छ । भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु