काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । यो पनि पढ्नुहोस् राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ ।

प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो । संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो ।

प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयक राष्ट्रियसभाले ६० दिनभित्र कुनै निर्णय नगरेको भन्दै प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो ।

विगतमा रामवरण यादव राष्ट्रपति हुँदा नेपाल ऐन संशोधन गर्ने अध्यादेश र अर्को संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता भएका थिए । पत्रपत्रिकाबाट

सम्बन्धित खबरहरु