दाङ । दाङको घोराही उपमहानगरपालिका १६ रातामाटास्थित शीतल सामुदायिक वन क्षेत्रमा एक पुरुष मृत र एक महिला छटपटाइरहेको अवस्थामा फेला परेका छन्।

वनमा बिहीबार दिउँसो एक युवक मृत भेटिएका हुन भने उनीसँगै एक युवती छटपटाइरहेको अवस्थामा फेला परेका थिइन्। वन हेर्न गएका सुनिल चौधरीले ती युवक र युवती छटपटाइरहेको देखेपछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको थियो।

मृत अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृती गाउँपालिका ८ असरेका १८ वर्षीय राजेश घर्ती र छटपटाइरहेकी सोही ठाउँकी १७ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए।

मृतक युवकको शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भइरहेको उनले बताए। उनीहरूले बिषादी सेवन गरेको प्रहरीले अनुमान गरेको छ।

घटनास्थलमा विषादीको गन्ध आएको र बोतलको बिर्कोसमेत फेला परेको प्रहरीको भनाई छ। युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भइरहेको प्रवक्ता शाहले बताए। तर किशोर अवस्थाको प्रेम कारण हो की भन्ने आँकलन प्रहरीले गरेको छ ।

सम्बन्धित खबरहरु