मोरङमा यी युवाले घटाए दुनियाँ चकित हुने यस्तो घटना


काठमाडौं । मोरङको जहदा गाउँपालिका ४ मा दाइजो नदिँदा बेहुली विवाह छोडेर हिँडेका बेहुला पक्राउ परेका छन्। जेठ ३ गते २४ वर्षीय लक्ष्मण राजवंशी दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा ४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो।

स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए।

बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए।

बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए। स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन्।

महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन। फरार रहेका बेहुलालाई खोजी गर्ने क्रममा जहदा ४ बाटै पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर