काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिनु भएको छ ।

उहाँले लोकसभा निर्वाचनमा भाजपाले ठूलो सफलता हासिल गरेकोमा मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको जनाइएको छ ।

पत्रमा देउवाले नेपाल र भारतबीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियो हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु