काठमाडौं । बस र ट्रक ए आपसमा ठोक्कीएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिरहा मागयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बस चालक भोजपुर निबासि ३५ वर्षिय हिर पहेलि र झापा निबासि ४० वर्षिय मदन उप्रेती रहेको प्रहरीले जनाएको छ ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाडौं आउँदै गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिनुभयो ।

घाइतेमध्ये १० जना गम्भीर रहेका छन् । एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको हो । घाइतेहरुको उपचार भइरहेको भन्दै दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु