एजेन्सी । कहिलेकाहीं देखेको कुरा पनि सत्य हुँदैन । किनभने, दृष्टिकोण फरक भइदिन्छ । अझ तस्बिरको सबालमा त यो कुरा झनै लागू हुन्छ । कारण– तस्बिर खिचिएको र हेरिएको ‘एंगल’ फरक पर्न गयो भने त्यसको अर्थ नै अर्कै हुन जान्छ ।

यहाँ राखिएको तस्बिर झट्टा हेर्दा महिलाको यौनांगको भागजस्तै देखिन्छ । तर, यसको वास्तविकता भने अर्कै छ । खासमा यो एउटा बेडको तस्बिर हो । ताईवानमा एक युवकले बेड किन्ने सोचले व्यापारीलाई फोटो पठाउन आग्रह गरे । तर, फर्निचर कम्पनीकी महिला प्रमुखले त यस्तो तस्बिर पठाइदिइन् ।

यो दाबी गरिएको छ कि, तस्बिर देख्नासाथ युवक सुरुमा आत्तिए । उनले तस्बिर फेरि पठाउन पनि भने । तब महिलाले त्यो तस्बिरको ‘एंगल’ परिवर्तन गरेर पठाइन् । वास्तवमा पहिला पठाएको तस्बिर उल्टो भएर गएछ ।

पछि यो तस्बिर सामाजिक सन्जाल तथा अनलाइन मिडियामा निकै भाइरल भयो । धेरैले यो तस्बिरलाई लिएर समाचार बनाए । विश्वका धेरै मानिसका वालमा यो तस्विर सेयरपनि छ ।

सम्बन्धित खबरहरु