विराटनगर । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा चिनिएका दिंवगत डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन् । ‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर उपचारका लागि स्थानीय नोबेल अस्पताल पुग्नु भएको थियो ।

उपचारकै क्रmममा डा. अग्रवालको मस्तिष्कघातका कारण निधन भयो । नर्भिक अस्पतालको लापर्वाहीका कारण निधन भएकोमा एकातिर स्थानीयवासीमा आक्रोश छ भने अर्कातिर उहाँको परिवारप्रति समवेदना पनि छ ।

पछिल्लो एक दशकमा विभिन्न स्वास्थ्य सस्थामार्फत डा। अग्रवालले हजारौ बालबालिकाको उपचार गर्नुभएको छ भने सयांै बच्चालाई नयाँ जीवनदान दिनुभएको छ । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाल मस्तिष्कघातपछि नौ दिनसम्म अस्पतालको शय्यामा रहनुभयो ।

डा. बिमलको दैनिक सिघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका उनका शुभचिन्तहरु अहिलेपनि आफना बच्चाका डा. आफूहरु माझ छैनन् भन्नेमा विश्वास गर्न सकिरहेका छैनन् । अस्पतालमा दैनिक २ सयसम्म अस्पतालमा पुगेका सुभेच्छुक अहिले उहाँको घरमा पुग्ने गरेका छन् ।

डा। अग्रवालका बुबा सावरमल अग्रवालले भावुक हुदै छोरो बिमलले ठूलो परिवारलाई पूर्ण रुपमा सम्हालेको बताए । लामो जिबनको सुरुवातमा श्रीमान गुमाएकी चिकित्सकसमेत रहेकी श्रीमती कोपिला श्रीमान्को मृत्युपछि अहिले बोल्नसक्ने स्थितीमा छैनन् ।

डा अग्रवालकी एकमात्र छोरी विक्षिप्त छिन् । दैवले कलिलै उमेरमा आफना बुवालाई टिपेर लगेपछि उनको मुहारबाट उज्यालो हराएको छ ।
करिब एक दर्जन सामाजिक संघसस्थामा आबद्ध रहनु भएका उहाँ राउण्ट टेबल ११ का सस्थापक अध्यक्ष हुनुहुन्छ ।

राउण्ड टेबलले उहाँकै नेतृत्वमा केही वर्षदेखि कोसी अन्चल अस्पतालमा रक्तअल्पता सम्बन्धी थालेसिमिया रोगका चार दर्जन गरीब बालबालिकालाई उपचार गराई रहेको थियो ।

उहाँको दाहसस्कारमा विराटनगरवासीको जनलहर नै उर्लेको थियो । विराटनगरका बरिष्ठ डाक्टरहरु, महानगरका मेयर, राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्त पुगेका थिए । बैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा।अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको थियो ।

चिकित्सक संघ मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले पेशागत संगठनमा समेत डा. अग्रवालले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

उहाँले संघको कोषाध्यक्षमा रहेर चिकित्सकको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । डा. अग्रवाल चिकित्सकसँगै विराटनगरको समाजको संस्कारयुक्त व्यक्तिसमेत भएको समाजसेवी वेनिगोपाल मुन्दडाको भनाइ छ । (नेपाल समाचारपत्र/सरोज यादव)

सम्बन्धित खबरहरु