काठमाडौं । नेपाल प्रहरीलाई ठुलो सफलता हात लागेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ करोड ७६ लाख ९४ हजार नक्कली भारतीय नोटसहित नेपाली र पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

[caption id="" align="aligncenter" width="1224"] नमुना तस्वीर[/caption]

कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिकले सुटकेसमा ल्याएको सो जाली रकम विमानस्थलमा चेकजाँचका क्रममा शुक्रबार दिउँसो बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् । अन्य पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् ।

तपाईलाई जानकारी गराउँ युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका थिए ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो ।

पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका सञ्चालकसमेत रहेको जानकारी दिइएको छ ।

अर्को कुरा उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन एकीकृत माओवादीतर्फ समानुपातिक सभासद भएकी थिइन् ।

सम्बन्धित खबरहरु