काठमाडौं । ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । धनुषा, रुकुम(पूर्व), बैतडी, सिराहा, मकवानपुर र दैलेखमा भएका छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये धनुषा सबैला नगरपालिका-६ नहरस्थित सडकमा बिहीबार दिउँसो टायर गाडामा ज.१० प.५१०५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ ठिल्ला बस्ने २० वर्षीय अब्दुल अमानतको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

[caption id="" align="aligncenter" width="1280"] सांकेतिक तस्वीर[/caption]

टायर गाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै रुकुम(पूर्व) भुमे गाउँपालिका-५ बालुवा भन्ने ठाँउमा बिहीबार दिउँसो रा.१ त २५९२ नम्बरको ट्याक्टर आफैँ अनिन्त्रित भई अन्दाजी १ सय ५० मिटर तल सानो भेरी नदिमा खसेर दुर्घटना हुँदा सहचालक सिस्ने गाउँपालिका-४ बस्ने १५ वर्षीय रामचन्द्र बोहोराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई जिल्ला जनस्वास्थ्य कार्यालय लगिएकोमा थप उपचारको लागि पश्चिम रुकुम सल्ले अस्पताल रिफर गरिएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी बैतडी दशरथचन्द नगरपालिका-९ पार्सास्थित सडकमा बिहीबार साँझ गिठेगाडाँबाट देहिमाण्डौंतर्फ जाँदै गरेको म.१ ज ११९ नम्बरको जिपबाट लडेर पञ्चेश्वर गाउँपालिका-५ नयाँगाउँ बस्ने ४२ वर्षीय राजु कोलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल बैतडीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी सिराहा कर्जन्हा नगरपालिका-१० प्रयागपुर चोकस्थित सडकमा बिहीबार राति ना.८ ख.९८२ नम्बरको बस र ना.३ ख ४२६४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बस चालक ४० वर्षीय हरिरण पहेली र बसमा सवार झापा जलपल-७ बस्ने ४२ वर्षीय मदन कुमार उप्रेतीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक पहेलीको मिर्चैया नर्सिंङहोम सिराहामा र उप्रेतीको प्राथमिक स्वास्थ्य चौकी मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये ८ जनाको मिर्चैया नर्सिंङहोम, ४ जनाको मंगलम अस्पताल मिर्चैया र ८ जनाको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-३ टेकरस्थित सडकमा शुक्रबार बिहान बा.२० च ४२७९ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार भारत मोतिहारी बस्ने अन्दाजी ४० वर्षीय कन्हैया साहको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । दैलेख, गुरास गाउँपालिका-१ कर्णाली राजमार्गस्थित निकालझारा भन्ने स्थानमा सुर्खेतबाट दैलेखको ठाटीकाधतर्फ जाँदै गरेको ना.८ ख ३२८३ नम्बरको मिनि ट्रक सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ठाटीकाध गाउँपालिका-६ बस्ने २८ वर्षीय जोर बहादुर थापा, २५ वर्षीय दिपेन्द्र थापा र २८ वर्षीय धर्म थापा रहेका छन् । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका
साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

सम्बन्धित खबरहरु