काठमाडौं । उपत्यका लगायतका जिल्लाहरुमा आज बेलुका देखि मेघ गर्जनसहितको वर्षा सुरु भएको छ । पछिल्ला दिनहरुमा नेपालको मौसममा अचानक फेरबदल आउँन थालेको छ । केही दिन पहिले देशका विभिन्न जिल्लाहरुमा आएको हावाहुरीले ठुलो क्षति पुर्याएको थियो ।

जेष्ठ १० गते (शुक्रबार): राति: देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभाग मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हवाहुरी,वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

जेष्ठ ११ गते (शनिबार):दिउँसो: : देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

राति: देशको पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक बदलि हुने देखिन्छ र बाकी भूभागमा सामान्यतय मौसम सफा रहने देखिन्छ । पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

जेष्ठ १२ गते (आइतबार): दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदलि अनि मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक बदलि हुने देखिन्छ। पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।

राति: देशका पहाडी भू-भागमा आंसिक बदलि रही एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय मौसम सफा रहने देखिन्छ ।

सम्बन्धित खबरहरु