एजेन्सी । उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अतालिएका थिए । अब कसरी हत्याउने भन्ने उसको चिन्ता थियो ।

त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । भाजपाले सबै शक्ति त्यही खिच्यो ।

ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपाले निकै प्रयास गरेको थियो ।

भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याएको छ ।

पश्चिम बंगालको ४२ सीटमा भाजपाले २० सीटमा आफुले कब्जा जमाएको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा खुम्चिएको छ । काँग्रेसले एक सीटमा मात्र चित्त बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु