काठमाडौ । ग्लामर क्षेत्रमा कसको प्रेम कति खेर बस्छ अनि कति खेर टुक्रिन्छ भन्ने ठेगान नै हुँदैन । त्यसैमाथि अभिनय क्षेत्रमा त झनै यस्तो हुने गरेको देखिन्छ चाहे त्यो हलिउड होस वा बलिउड ।

प्रेमकै कुरा गर्दा जब कसैको ब्रेकअप हुन्छ भने उसको मुख हेर्नु त के नाम पनि सुन्न मन लाग्दैन तर पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका पूर्व प्रेमी जोडी नीता ढुंगाना र आमेष भण्डारीमा पनि त्यस्तो देखिदैन । फुलै फुलको मौसम तिमीलाई साथ काम गर्दा गर्दै प्रेममा परेका उनीहरुको फिल्म रिलिजको केही समयपछि नै ब्रेकअपमा परे । त्यतीबेला ब्रेकअपको पीडा आमेष भन्दा बढि नीतामा बढि देखिएको थियो ।

ब्रेकअपपछि कुनै बोलचाल नै नभएका उनीहरु एक्कासी एक अवार्ड कार्यक्रममा ठोक्किएपछि उनीहरुबीच फेरी बिस्तारै मित्रता बढ्दै गयो ।

आजभोली यी दुबै जना एक अर्काका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन् त्यतीमात्र होईन एकसाथ विभिन्न म्युजिक भिडियोहरुमा समेत काम गरिरहेका छन् । प्रेमी प्रेमीकाकै रुपमा पुर्नमिलन हुने सम्भावना नरहेको बताउँने उनीहरु यतिबेला मिल्ने साथी भएको दाबी गर्छन् ।

ब्रेकअप नै सबै कुराको अन्त्य नहुने बताउँदै मित्रता कहिले पनि नतोडिने नीताले बताईन् । उनले बलिउडका कलाकार दिपिका पादुकोण र रणबीर कपुरको उदाहरण दिँदै उनले आमेष संगको ब्रेकअपले काममा वाधा आउँन नहुने बताउँछिन् ।

उता आमेषको भनाई पनि उस्तै छ । तर कतिपयले भने उनीहरुको यो मित्रतालाई प्रेम सम्बन्धमा पुर्नरागमन हुने संकेतको रुपमा बुझेका छन् । यही कारण पूर्व प्रेमीलाई शाख झार्न नीता झनै बोल्ड बन्दै आएको बताइएको छ ।

सम्बन्धित खबरहरु