काठमाडौं । शुक्रबार बेलुका अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । हिजो बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका–४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका हुन् ।

[caption id="" align="aligncenter" width="2800"] सांकेतिक तस्वीर[/caption]

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

आगलागीबाट करोडौँको क्षति भएको र गोठमा बाँधिएका बाख्रा र गाई पनि जलेको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले जानकारी दिनुभयो । तर क्षतिको एकिन विवरण भने आएको छैन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

सम्बन्धित खबरहरु