काठमाडौ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यो पनि प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

यसअघि सुकेधारा र अनामनगरमा पनि प्रेसर कुकर बम विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

सम्बन्धित खबरहरु