वि.सं.२०७६ साल ज्येष्ठ १३ गते । सोमबार । ईश्वी सन् २०१९ मे २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी,१२ घडी ०८ पला,बिहान १० बजेर ०३ मिनेट उप्रान्त नवमी ।

नक्षत्र शतभिषा,२५ घडी ३५ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग वैधृति,१८ घडी ३४ पला,मध्यान्ह १२ बजेर ३७ मिनेट उप्रान्त विष्कुम्भ । करण कौलव,बिहान १० बजेर ०३ मिनेट तैतिल,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त गर । आनन्दादिमा अमृत योग । चन्द्रराशि कुम्भ । पञ्चक । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । जस्तोसुकै व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुँने हुँनाले थप लगानि गर्न आट आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुँने हुँदा मन प्रशन्न हुँनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुँने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । बिबादित बिषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउँन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

सम्बन्धित खबरहरु