काठमाडौं । पछिल्लो समय नेपालमा विप्लव माओवादीको आतंक बढ्दै गएको छ । लगतार गरिने नेपाल बन्द र बम आतंकले जनालाई त्रासमा राखेको छ ।

हिजो काठमाडौं उपत्यकामा भएको आत्मघाति विष्फोटमा ४ जना मारिएका छन् । यो बिचमा आज काठमाडौँ सहित देशका विभिन्न स्थानमा बम फेला परेका छन् । आज विहानैदेखि फेला परेका शंकास्पद बस्तु नेपाली सेनाले निस्क्रिय पारिरहेको छ ।

[caption id="" align="aligncenter" width="1000"] सांकेतिक तस्वीर[/caption]

भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । आज बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् । मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेको बताइएको छ ।

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले आज एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु