मुम्बई । चर्चित बलिउड सुपरस्टार अजय देवगनका पिता वीरु देवगनको आज निधन भएको छ । बलिउडमा बिरु एक्सन डाइरेक्टरका रुपमा परिचित थिए । लामो समयदेखि फिल्म क्षेत्रबाट बाहिर रहेका विरुले आज अन्तिम सास लिएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिरुको निधन ह्रदयघातका भएको छ । आइतवार छातिमा समस्या र सास लिन अप्ठेरो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

सैंटाक्रूजस्थित सूर्या अस्पतालमा उनले अन्तिम सास लिएका छन् । बाबुको स्वास्थ्य समस्या देखिएपछि अजयले केही कार्यक्रमहरु रद्द पनि गरेका थिए ।

अजयले आफ्नो प्रर्दशनमा रहेको ‘दे दे प्यार दे’ फिल्मका प्रमोशनमा पनि सहभागि हुन सकेका थिएनन् । विरुको आज साँझ अन्तिम दाससंस्कार गरिने परिवारले जनाएका छन् । एजेन्सी

सम्बन्धित खबरहरु